Home  
Janahit Voice

१९ वर्षीय किसनकुमारलाई फेसबुक मनोरञ्जन होइन, अभियान

२४ कार्तिक २०७७, सोमबार

धेरैले सामाजिक सञ्जाल मनोरञ्जनका लागि प्रयोग गर्छन्। फेसबुकका पोस्ट पढ्ने, लाइक र कमेन्ट गरेर रमाइरहेका हुन्छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० जानकी चोकका १९ वर्षीय किसनकुमार साहका लागि भने फेसबुक एक अभियानको माध्यम बनेको छ।

सरकारले कोरोना महामारीको जोखिम कम गर्न भन्दै चैत ११ देखि देशभर लकडाउन गर्‍यो। त्यसयता विद्यार्थीहरू घरमै बसेर अनलाइन कक्षा लिन्छन्।

किसन पनि पढ्दापढ्दै दिक्क लाग्दा मोबाइल चलाउँथे। एकदिन उनी बिहान उठेर फेसबुक चलाउँदै थिए।

साथीले राखेको एउटा भिडिओले उनको ध्यान तान्यो।

महोत्तरीको मनरसिस्वा नगरपालिकाका साथीहरूको लाइभ भिडिओ थियो। उनीहरूले विद्यार्थीहरूका लागि निःशुल्क कक्षा सञ्चालन गरिरहेको भन्दै फेसबुकमा लाइभ आएर सल्लाह सुझाव मागिरहेका थिए।

साथीले पोस्ट गरेको भिडिओ हेरेपछि यस्तै केही गर्ने हुटहुटीले उनको पनि मन भरियो। साथीहरूले गरेको कामबाट प्रेरित भएर समाजका लागि केही गर्न उनलाई धेरै बेर लागेन। उनले आफ्ना साथीहरूसँग पनि सल्लाह गरे।

पहिले केही समय त उनी कसरी र कस्ता विद्यार्थीहरूलाई पढाउने भन्नेमै विचार मग्न भए। साँच्चै सहयोग चाहिएकाहरूका लागि काम गरे पो महत्वपूर्ण हुन्छ भन्ने उनलाई लाग्यो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *