Home  
५ जेष्ठ २०८०, शुक्रबार
२६ वर्षीय डा प्रसन्ना शाह मृत फेला
धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीय डा प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरको बन्द कोठामा मृत भेटिएकी थिइन।
उनको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उनी धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।