Home  
Janahit Voice

मिल्यो सुदूरपश्चिममा मन्त्रीको भागबण्डा,सरकार विस्तारको तयारी

५ जेष्ठ २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ राजनीतिक दलबीच मन्त्रीको भागबण्डा मिलेको छ भने आजै मन्त्रिपरिपद् विस्तार गर्ने तयारी गरिएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन सहमत छन्। तर, भागबण्डा नमिल्दा सरकार विस्तार हुन सकेको थिएन।

चारै दलबीच मन्त्रीको भागबण्डा मिलेको माओवादी संसदीय दलका नेताले बताए। उनका अनुसार माओवादीले दुई, कांग्रेसले थप र नागरिक उन्मुक्तिले एक मन्त्रालय पाउने सहमति जुटेको छ।

यससँगै कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिले एक–एक राज्यमन्त्री पनि पाउने भएका छन्। एकीकृत समाजवादीले भने यसअघि नै आर्थिक मामिला मन्त्रालय पाइसकेको छ। नरेशबहादुर शाही अर्थमन्त्रीका रुपमा सरकारमा सहभागी छन्।

सहमति जुटिसकेकाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको र आजै मन्त्रीहरूको शपथ पनि गर्ने तयारी रहेको  बताइएको छ। माओवादीले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ। सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको माओवादी संसदीय दलका नेताले बताए। उनका अनुसार गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ।

धामी र साउदसँग छलफल गरेर एक जनालाई सामाजिक र अर्कोलाई पर्यटन मन्त्रालयमा पठाइने बताइएको छ।  त्यस्तै, नागरिक उन्मुक्तिले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। तर, भूमि व्यवस्था तथा कृषि मन्त्रलाय मात्र पाउने भएपछि अब कसलाई मा पठाउने भन्ने विषयमा टुंगो लागेको छैन। जानकारीमा आए  अनुसार आजै दलको बैठक बसेर टुंगो लगाइनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *