Home  
Janahit Voice

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

५ जेष्ठ २०८०, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रिजाललाई झापाबाट काठमाडौं लगिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।

भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गर्नुपर्ने पक्षमा उभिएका नेता टेकनाथ रिजाल नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि त्यसले तीन दशकभन्दा पुरानो उक्त समस्यामा नयाँ प्रश्न उत्पन्न भएको भन्दै केही विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *