Home  
Janahit Voice

१० दिने भ्रमणका लागी माओवादीका २० नेता चीन प्रस्थान

५ जेष्ठ २०८०, शुक्रबार

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलकाले बताइएको छ

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा रहेको बताइएको छ |यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली पनि चीन गएर फर्किएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *