Home  
Janahit Voice

मानहुँकोटमा अब दैनिक ३ सय जनामात्र जान पाइने

२४ कार्तिक २०७७, सोमबार

पछिल्लो समय टिकटकदेखि अन्य सामाजिक संजालहरूमा भाइरल भएको मानहुँकोटमा अब दैनिक ३ सय जनामात्र जान पाउने भएका छन्।

तनहुँको व्यास नगरपालिका-५ मा पर्ने मानुहुँकोटमा कोरोना महामारीकाबीच पनि दैनिक हजारौं मानिसहरूको भिड लागेपछि दैनिक ३ सय मानिसलाई मात्र प्रवेश गर्न दिइने नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।

‘आज मात्र हामी मानहुँकोटमै बैठक बस्यौं। अब ठ्याक्कै बन्द गर्ने स्थिति त छैन तर अब ३ सय व्यक्तिलाई मात्र प्रवेश गर्न दिने तयारी गर्दैछौं,’ उनले भने।

मयेर न्यौपानले नगर प्रहरी परिचालन गरेर सोमबार दिउँसोबाटै यो नियम लागू गरिने बताए। उनले त्यसरी प्रवेश गर्न दिइएका व्यक्तिहरूको दर्ता पनि गरिने जनाए। उनले भने, ‘माथि जाने एउटै बाटो छ। त्यसैले तलै नगर प्रहरी परिचालन गरी दर्ता गरेर मात्र मानिसहरूलाई माथि पठाउँछौं।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *