Home  
Janahit Voice

गोरखाको एक स्वास्थ्य चौकीमा आगलागी

७ जेष्ठ २०८०, आईतवार

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार बिहान करिब पौने ५ बजे माथिल्लो तलामा लागेको आगोबाट प्रशासन कक्ष, स्टो र क्वाटरमा क्षति पुगेको छ ।आगलागीबाट स्वास्थ्य चौकीको माथिल्लो तलामा रहेको स्टोर रूम, प्रशासन कक्ष र महत्वपूर्ण कागजात र साम्रगी जलेर नष्ट भएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन गोरखा नगपालिकाको दमकल प्रयोग गरिएको थियो ।

एकजना महिला र बच्चा तेहा बस्ने भएतापनि आगलागीको समयमा त्यहाँ कोही नबसेकाले विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। आगो लाग्ने बेला उहाँहरु अघिल्लो दिननै नै आफन्तकोमा बस्न जानु भएको जिल्ला प्रहरी कार्यालय गोरखालेजनाएको छ।विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको र क्षतिको विवरण संकलनको काम भइरहेकोबताइएको छ।

स्वास्थ्य चौकी भवन दुई तले भएकाले माथिल्लो तलामा आगो लागेपछि तल्लो तलाका सामानहरु बाहिर निकालिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *