Home  
Janahit Voice

शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई नै म्याद थपका लागि अदालत लगियो

७ जेष्ठ २०८०, आईतवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई म्याद थप गर्न आज अदालत लगिएको छ। आइतबार पक्राउ परेका १६ जनालाई नै अदालत उपस्थित गराएर थप समय हिरासत राख्न अनुमति माग्ने तयारी भएको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *