Home  
Janahit Voice

काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि,नेपालले किर्गिस्तानसँग खेल्दै

८ जेष्ठ २०८०, सोमबार

नेपाल भलिबल इतिहासमै नेपालको महिला टिमले घरेलु कोर्टमा खेल्न लागेको अहिलेसम्म ठूलो प्रतियोगिता एनएससी-काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मा आबद्ध १४ मध्ये विश्व भलिबलमै आफ्नो उपस्थिति गराइसकेको काजखस्तान अनि दक्षिण एसियाको बलियो टोली भारतसहित ८ टिमले यस पटक प्रतिस्पर्धा गर्दैछन् । लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपालले आज किर्गिस्तानसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्दैछ । नेपाल र किर्गिस्तानबीचको खेल साढे चार बजे सुरु हुनेछ । समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् ।

यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् । पछिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान र श्रीलंकाबीच आज पहिलो खेल हुनेछ । एक सातासम्म चल्ने प्रतियोगितामा समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

घरेलु कोर्ट र दर्शकको साथ पाएको नेपालले यस पटक बेल्जियमको अनुभवी प्रशिक्षक जान डी ब्रान्टको प्रशिक्षणमा तयारी तीन महिना तयारी गरेको छ । तर ठूलो प्रतियोगिताअघि अन्तर्राष्ट्रिय खेलको कमी र मुख्य स्पाइकर प्रतिभा मालीको चोट नेपालको लागि चुनौती बनेको छ घुँडाको चोट बल्झँदा फेस अफ नेपाली टिमकी रुपमा रहेको प्रतिभा घरेलु दर्शकअघि कोर्टमा देखिने छैनन् । उनको अनुपस्थितिमा अन्य खेलाडीलाई अवसर हुनेछ ।

मुख्य प्रशिक्षक डी ब्रान्टले भलिबल टिम गेम भएकोले कुनै एक खेलाडी नहुँदा पनि समग्र टिमले राम्रो प्रदर्शन गर्नुपर्ने बताएका छन् । यसअघि दुई पटक एसियन महिला सेन्ट्रल जोन भलिबलको उपाधि जित्दा प्रशिक्षक रहेको हालका सहायक प्रशिक्षक जगदिश भट्ट भने प्रतिभा नहुँदा टिममा केही असर स्वभाविक रुपमा पर्ने बताए ।

कप्तान अरुणा शाहली पनि प्रतिभा टिमकै मुख्य खेलाडी रहेकोले उनको अभाव टिममा हुने बताएका छन् । प्रतिभा नहुँदा स्पाइकरमा अनुभवी सरस्वती चौधरीसहित उषा भण्डारी, निरुता ठगुन्ना लगायत खेल्नेछन् ।

अरुणा शाहीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा यस पटक ६ नयाँ अनुहार छन् । केहीले यस प्रतियोगितामा डेब्यु गर्ने अवसर पाउनेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *