Home  
Janahit Voice

बझाङमा हिउँ पहिरोमा बेपत्ता भएका दुईजनाको शव फेला

८ जेष्ठ २०८०, सोमबार

यार्सागुम्बा संकलनकाे क्रममा बझाङमा हिउँ पहिरोमा परि बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।जयपृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए । हिजोदेखि हिउँ पहिरोमा परि बेपत्ता भएका उनीहरुको शव साेमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार यार्सा संकलन गर्ने क्रममा आइतबार सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा हिउँ पहिरोमा परि सुर्मा गाउँपालिका ३ का ३८ वर्षीया रामकोइला देवी बोहराको हिजोनै शव फेला परिसकेको र आज फेरि बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

सोमबारसम्म हिउँ पहिरोमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ । हिउँ पहिरोमा परेर सुर्मा गाउँपालिका ३ का ४० वर्षीय बाबजी बोहरा, जयपृथ्वी नगरपालिका ११ घर भएका १४ वर्षीय आकाश धामी घाइते भएका छ्न् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *