Home  
Janahit Voice

पोखराका मेयर धनराजको भिजन पुस्तकालय मासेर झण्डा पार्क बनाउने

८ जेष्ठ २०८०, सोमबार

पोखरा महानगरले व्यस्त बजार महेन्द्रपुलमा अवस्थित सार्वजनिक पुस्तकालय मासेर संसारभरका झण्डा फहराउने भएको छ। जहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १९५ देशका झण्डा रहनेछन्। पोखरा महानगर र झण्डा पार्क बनाइदिए वापत लायन्स क्लब इन्टरनेशनलको झण्डा पनि त्यहाँ फहराउनेछ। झण्डामुनि सम्बन्धित देश वा संस्थाको नाम लेखिनेछ।जानकारीमा आएअनुसार पोखरा महानगरका मेयर धनराज आचार्यको महत्त्वाकांक्षामा उक्त झण्डा पार्क बन्न लागेको हो।

महेन्द्रपुलको पुलनिर बन्न लागेको झण्डा पार्क भएको ठाउँमा यसअघि पोखरा सार्वजनिक पुस्तकालय सञ्चालनमा थियो। पुस्तकालयमा डोजर चलाएर उक्त ठाउँमा झण्डा पार्क बनाउने अवधारणा मेयर आचार्यले नै अघि सारेको बताइएको छ।लायन्स क्लब इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्षसमेत रहेका मेयर आचार्यको उक्त अवधारणा पुरा गर्न सोही क्लबले बजेट खर्चेको छ। क्लबले ७० लाख रूपैयाँ लागतमा झण्डा पार्क बनाउन लागेको हो।

झण्डा पार्क बन्दै गरेको ठाउँमा मासिएको पुस्तकालय शहरको बीचमा रहेको एकमात्र पुस्तकालय थियो। जहाँ साहित्यिक रचना वाचनदेखि पुस्तक र सार्वजनिक सरोकारका विषयमा नियमित छलफल हुन्थे।पुस्तकालयमा डोजर चलाउँदा मेयर आचार्यले पृथ्वीचोकमा पुस्तकालय खोलिदिने वचन दिएका थिए। उनले दिएको वचन अहिलेसम्म कार्यान्वयनमा आएको छैन। झण्डा पार्कको काम भने धमाधम भइरहेको छ।

काठमाडौंस्थित अमेरिकी दुतावासले समेत पुस्तक, टेबल, कुर्ची लगायत सहयोग गरेको थियो भने नियमित छलफलका लागि पनि सहायता प्रदान गरेको थियो। महानगरले पनि पुस्तकालयलाई सहायता गर्नुको सट्टा डोजर चलाएको भनेर पोखराका वुद्धिजीवीहरू चिन्तित छन्।

पुस्तकालयमा संगृहित पुस्तक अहिले नयाँ बजारस्थित क्षेत्री समाजको कार्यालयमा लगेर राखिएको छ। क्षेत्री समाजमा पुस्तकालय सरेपछि पाठकले अपायक पर्ने भन्दै अलमलिने गरेको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *