Home  
Janahit Voice

आज राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै:प्रधानमन्त्री

९ जेष्ठ २०८०, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार(आज) संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा  नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभामा पनि नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। प्रतिनिधि सभाको बैठक पनि आज बिहान ११ बजे बस्दैछ। नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कडारूपमा प्रस्तुत भएको छ।

आफ्नो नेतृत्वको सरकारको पालामा ल्याइएको, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मदन भण्डारी प्राविधिक विश्वविद्यालय लगायतका कार्यक्रम हटाइएको भन्दै उसले नीति तथा कार्यक्रम पुनर्लेखन हुनुपर्ने बताइरहेको छ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *