Home  
Janahit Voice

सम्पदा घुम्ती बस सेवा आजदेखि सञ्चालनमा

९ जेष्ठ २०८०, मंगलवार

नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । यस सेवाको लागि आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् ।

बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् । परीक्षणका लागि दुईवटा साझा बस केही दिन नि:शुल्क सञ्चालन गर्ने तयारी गरिएको छ ।

पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आउन लागेको बताइएको छ। विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा भएकाले नेपालमा  पनि सञ्चालनका लागि लामो समयसम्म चर्चा चलेको थियो यस पटक भने बोर्डले घाटामै भएपनि सञ्चालन गर्न लागेको छ।

काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ । दुईवटा बस प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *