Home  
Janahit Voice

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

९ जेष्ठ २०८०, मंगलवार

पोखरामा सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाएका छन भने एक जना घाइते भएका छन्। गएराति करिब सवा एक बजेतिर हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल खहरेचोकस्थित बिजुलीको पोलमा ठोक्किएको थियो ।

सो दुर्घटनामा परी घाइते भएका काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी मोटरसाइकलको पछाडि बसेका थिए।

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु बस्ने मोटरसाइकल चालक १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ।  ।
दुर्घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *