Home  
Janahit Voice

बल्खु सुमोपार्कमा रहेको जग्गा ५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन

९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुस्थित सुमोपार्क रहेको जग्गा खाली गर्न त्रिभुवन विश्वविद्यालय सामान्पय प्रशासन महाशाखा कीर्तिपुरले निर्देशन दिएको छ।

त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो। त्रिविले प्राध्यापक संघबाट जग्गा फिर्ता लिने निर्णय गरिसकेको छ।

तर त्रिविको निर्णयविरूद्ध बस्नेतले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दासमेत दिएकी थिइन्। उनले दिएका दुवै मुद्दा दाबी नपुग्ने भन्दै अदालतबाट खारेज भएका थिए। त्रिविले २०७९ फागुन १५ र पुस १७, २०७८ फागुन ३० र २०७७ चैत ६ मा पत्र काटेर जग्गा खाली गर्न भनेको थियो।

यो जग्गामा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले अस्पताल बनाउने तयारी गरेको छ। जग्गा खाली नगरे त्रिविले नै जग्गा खाली गर्ने सूचनामा उल्लेख छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *