Home  
Janahit Voice

जसपाबाट वीरेन्द्र र प्रमिला मन्त्री, पायो प्रचण्ड सरकारले पूर्णता

९ जेष्ठ २०८०, मंगलवार

सरकारको गठन भएको ५ महिनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।मङ्गलबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।यस्तै जसपाकै प्रमिला कुमारी यादव शिक्षा राज्यमन्त्री बनेकी छन् ।

आजबाट प्रचण्ड सरकारले पूर्णता पाएको छ । सरकारमा नेपाली कांग्रेसका १ उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादी केन्द्रबाट १ उपप्रधानमन्त्रीसहित ५ मन्त्री र १ राज्यमन्त्री, एकीकृत समाजवादीका २ मन्त्री र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीबाट १/१ मन्त्री छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *