Home  
Janahit Voice

मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् विस्तार

९ जेष्ठ २०८०, मंगलवार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद सिंहले शपथ लिएका छन् । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा नेकपा एसबाट गोबिन्द बहादुर न्योपानेले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

जसपाले लिएको निर्णयप्रति माओवादीले आपत्ति जनाएको छ। माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्री सुनीता यादवलाई सरकारबाट फिर्ता बोलाएको छ। सत्ता गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्री सरोजकुमार यादव अगाडि बढेको आरोप लगाउदै माओवादी केन्द्रले भने प्रदेश सरकार छाड्ने निर्णय गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *