Home  
Janahit Voice

१ लाख ४८ हजारमा नेपाली बजारमा एप्पल वाच अल्ट्रा सार्वजनिक

९ जेष्ठ २०८०, मंगलवार

एप्पलको आधिकारिक बिक्रेता ईभो स्टोरले नेपालका लागि नेपाली बजारमा एप्पलको ‘एप्पल वाच अल्ट्रा’ सार्वजनिक गरेको छ।

एप्पल वाच अल्ट्रमा १.९२ इन्चको रेटिना एलटीपीओ डिस्प्ले रहेको छ । अलवेज-अन डिस्प्ले फिचर भएको एप्पल वाच अल्ट्रा वाचओएस ९.० द्वारा सञ्चालित छ । एप्पल एस ८ चिपसेट भएको यस डिभाइसमा पावरभीआर जीपीयू प्रयोग गरिएको छ । ६१.३ ग्राम तौल भएको यो वाचले आईपी सिक्स एक्स रेटिङ पाएको छ । जसमा १०० मि वाटर रेसिस्टेन्स रहेको छ ।

नेपालमा उपलब्ध हुने एप्पल वाच अल्ट्रामा भने ईसिम सपोर्ट नहुने ईभो स्टोरले जनाएको छ । त्यस्तै यसले फोनको सेलुलर नेटवर्क प्रयोग गरेर वा नजिकको वाइ-फाइमा कनेक्ट भएर ईमर्जेन्सी एसओएस सेवा दिने कम्पनीको भनाइ रहेको छ।।

यस डिभाइसमा साइरन, फल डिटेक्सन, ईमर्जेन्सी एसओएस र क्रयाश डिटेक्सन जस्ता सेफ्टी फिचर उपलब्ध छ । साथै यसमा भएको अत्याधुनिक हेल्थ सेन्सरले मुटुको धड्कन मापन गर्ने, शरीरको तापक्रममा आएको परिवर्तन ट्रयाक गर्ने काम पनि गर्दछ ।

यसमा ५४२ एमएएच क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । सामान्य प्रयोजनका लागि प्रयोग गर्दा एक पटकको फूल चार्जमा यो वाच ३६ घण्टाभन्दा बढी टिक्ने (लो पावर मोडमा ६० घण्टा ब्याट्री टिक्ने) कम्पनीको दाबी छ । नेपाली बजारमा यो वाच १ लाख ४८ हजार रुपैयाँ तिरेर एप्पलको आधिकारिक स्टोरबाट खरिद गर्न सकिन्छ । गत सेप्टेम्बेरमा सार्वजनिक भएको एप्पल वाच अल्ट्रा नेपालमा भने आधिकारिक रुपमा शुक्रबारबाट मात्र उपलब्ध हुन सुरु भएको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *