Home  
Janahit Voice

प्रतिनिधिसभामा बैठक आज चौथो दिन पनि जारी रहने

१० जेष्ठ २०८०, बुधबार

काठमाडौँ – प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज चौथो दिन पनि जारी रहने भएको छ।गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज बोल्न बाँकी सांसदले धारणा राख्नेछन्। बैठक बिहान ११ बजे सुरु हुनेछ।

आइतबारदेखि सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसदहरुले नीति कार्यक्रमप्रति धारणा राखिसकेका छन्।
मंगलबारसम्म १ सय भन्दा बढी सांसदहरुले बोलिसकेका छन्। राष्ट्रियसभाले भने मंगलबार नै नीति कार्यक्रम बहुमतले पारित गरिसकेको छ।

मंगलबार सत्ता पक्षका सांसदले धारणा राखेको संसदमा आज पनि नीति तथा कार्यक्रममाथि नै छलफल हुने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *