Home  
Janahit Voice

आज र भोलि देशका अधिकांश स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

१० जेष्ठ २०८०, बुधबार

काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहेको छ। यी पाँच प्रदेशका एक(दुई स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशको पहाडी भूभागहरूमा आङ्शिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आङ्शिक बदली रहने छ । देशको पहाडी भूभागहरूका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

आज र भोलि यो सिलसिला जारी रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *