Home  
Janahit Voice

नेपाल एयरलाइन्सलाई अष्ट्रेलियाको सिडनीमा साताको २ पटक उडान भर्न अनुमति

१० जेष्ठ २०८०, बुधबार

सुमित्रा घिमिरे,काठमाण्डौ।

सिड्नी एयरपोर्टले नेपाल एयरलाइन्सलाई अष्ट्रेलियाको सिडनीमा साताको २ पटक उडान भर्न अनुमति दिएको छ।

नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिडनीमा आफ्नो उडान विस्तार गरेको छ।  सिंगापुर ट्रान्जीट हुने गरि बिहीबार र शनिबार हप्तामा दुई पटक नेपाल बाट सिडनी उडान भर्न निगमले उडान स्विकृतिको लागि आवश्यक विवरण अष्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको छ। निगम हाल यात्रु सेवाका लागि GSA (जनरल सेल्स ऎजेण्ट) र फुडिगं सप्लाएर कम्पनीहरु छ्नौट गर्ने प्रकृयामा रहेको छ। सिंगापुर र सिडनी एयरपोर्टहरुको लागि ईन्धन आपूर्तिकर्ता र MRO (मेनटिनान्स, मर्मत र ओभरहल) प्रदायकहरु चयन गर्ने कार्य समाप्त भईसकेको जानकारीमा आएको छ।

एयरलाइन्सले सिडनीको उडान भर्न वाइडबडी विमान प्रयोगमा ल्याउने छ। नेपाल एयरलाइन्सको यो विस्तारीत उडान तालिकाले विशेष गरि अष्ट्रेलिया अध्य्यन गर्न जाने नेपाली विध्यार्थीलाई लाभ पूग्ने अनुमान गरिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *