Home  
Janahit Voice

नवनियुक्त वनमन्त्रीले पदभार ग्रहण गर्दै गरे भ्रष्टाचार हुन नदिने प्रतिवद्धता

१० जेष्ठ २०८०, बुधबार

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले पदभार ग्रहण गरेका छन्।

सिंहदरबारस्थित कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन्। कार्यालय परिसरमा उनलाई कर्मचारीले फूल, खादाले स्वागत गरेका थिए। यसअघि मन्त्री महतोले शपथ लिएका थिए। जसपाका सांसद उनी मंगलबार मन्त्री नियुक्त भएका थिए।

बुधवार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए ।

मन्त्री महतोले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरुलाई सहजीकरण गर्नेकुरामा आफ्नो ध्यान रहने बताए । वातावरणमा असर पर्ने उद्योगहरु छन्, त्यसलाई सशर्त रुपमा निगरानी गरी वातावरणमा असर नपर्ने गरी प्रयोगमा ल्याउने हो । म मन्त्रालयमा रहुन्जेल, भ्रष्टाचारमा शुन्य सहनशीलता कुनै किसिमको लोभ प्रलोभनमा काम गर्दिन। देश र जनताको हीतमा काम गर्नेछु ।’उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *