Home  
Janahit Voice

सस्तियो भाइ मसला, कुन मसलाको मूल्य कति छ ?

२४ कार्तिक २०७७, सोमबार

यस पटकको तिहारमा आम उपभोक्ताले मसलाको मूल्यमा ढाड सेकाउनुपर्ने छैन । गत वर्षभन्दा यसपटक मसलाको मूल्य सस्तो भएको छ । कोरोनाले गर्दा लामो समयसम्म व्यापार  व्यवसाय बन्द हुँदा थन्किएर बसेको मसला बिग्रिने डरले व्यवसायीहरुले कम नाफामै बिक्री गरेको पाइएको छ । यद्यपि यसपटक गत वर्षको जस्तो व्यापार नहुँदा अझै स्टक रहने हो कि भन्ने डरले व्यवसायीलाई सताउन थालेको छ । कृष्णभक्त श्रेष्ठले असनमा मसलाको व्यापार गर्न थालेको २० वर्ष भयो । अन्य दिनभन्दा तिहारको समयमा उनलाई व्यापार गर्न भ्याइ नभ्याइ हुन्थ्यो । उनले त्यही मसलाको व्यापार गर्दागर्दै आफ्नो युवा अवस्था पार गरिसके । तर यसपटकको तिहारको समयमा जस्तो फुर्सदिलो कहिले भएनन् । तिहार आउन अब एक साता बाँकी छ, श्रेष्ठको व्यापार फाट्ट फुट्ट मात्र भएको छ । उनी तिहारको बेलामा पनि यसरी खाली बस्नुपर्दा अचम्ममा परेका छन् । श्रेष्ठ भन्छन्, ‘व्यापार हुन सकेको छैन । यतिबेला त मेरो हात खाली कहाँ हुन्थ्यो, हेर्नुस् त अहिले त निदाएर बस्नुपरेको  छ ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *