Home  
Janahit Voice

छाला उपचारमा नयाँ प्रविधि थापाउनुहोस।

१० जेष्ठ २०८०, बुधबार

उमेरअनुसार छालामा परिवर्तन आउनु स्वाभाविकै हो । तर, त्यो स्वाभाविक परिवर्तनलाई अहिले नयाँ प्रविधि र उपचारले केही हदसम्म रोक्न सकिन्छ । छालामा चमक बनाउने उपचार विधिहरू निम्न रहेक छन।

‘एन्टी एजिङ ट्रिटमेन्ट’
सबैका लागि यो आवश्यक उपचार हो । यसमा‘बोटक्स इन्जेक्सन’लगाइन्छ । यो विधिलाई ‘बोटक्स’ विधि भनेर पनि चिनिन्छ । ‘एन्टी एजिङ ट्रिटमेन्ट’ का लागि यो सबैभन्दा प्रमाणित उपचार विधि हो । सात दिनमै यसको परिणाम देखा पर्छ । यसको मुख्य काम‘रिङ्कल’ हटाउनु हो । ‘बोटक्स इन्जेक्सन’ एकपटक प्रयोग गरेपछि चारदेखि छ महिनासम्म काम गर्छ । हाँस्दा वा रिसाउँदा अनुहारमा बस्ने धर्काहरू र आँखा खुम्चाउँदा देखिने ‘रिङ्कल’ हटाउन, पसिना नियन्त्रण गर्न बोटक्स विधि प्रयोग गरिन्छ ।

‘एचए इन्जेक्सन’
उमेर बढ्दै जाँदा आँखावरिपरि कतिपय समस्या देखिन्छन् । जस्तै  आँखा दबिनु वा गाडिनु । यो समस्या समाधानका लागि ‘एचए इन्जेक्सन’ विधि प्रयोग गरिन्छ । आँखालाई ‘फ्रेस’ देखाउन पनि यो विधि प्रयोग गरिन्छ । साथै, ‘आइब्याग’नियन्त्रण गर्न, ओठको आकार बढाउन र चिउँडो लामो बनाउन पनि यो विधि उपयुक्त छ । एकपटक प्रयोग गरेपछि यसले एक वर्षदेखि डेढ वर्षसम्म काम गर्छ ।
‘बायुमोडुलेटर इन्जेक्सन’

छालामा चम्किलोपन ल्याउनका लागि यो विधिको प्रयोग गरिन्छ । यो उपचार विधिमा वर्षको दुईदेखि तीन पटकसम्म सुई लगाइन्छ ।

‘हाइफो’

सुई प्रयोग नगरी स्किन टाइट र लिफ्टिङका लागि यसको प्रयोग गरिन्छ । अप्रेसनबिना नै आँखीभौं उचाल्न र उमार्नका लागि ‘हाइफो’ गरिन्छ । यो उपचारले छ महिनादेखि एक वर्षसम्म काम गर्छ । गाला झुन्डिएर अनुहारको छालालाई कसिलो बनाउन यसको प्रयोग गरिन्छ । यसमा कुनै पीडा हुँदैन ।

थे्रेड लिफ्ट

यो धागोको माध्यमबाट लिफ्ट गर्ने विधि हो । यसको प्रयोगले दुईदेखि तीन वर्षसम्म ढुक्क हुन सकिन्छ । यो पनि बिनाअप्रेसन गरिन्छ । शरीरको कुनै भागमा झुन्डिएको छालालाई कसिलो(टाइट) बनाउन यसको प्रयोग गरिन्छ । यसमा पग्लिने धागोको प्रयोग गरी छालालाई टाइट बनाइन्छ । यो विधि २० मिनेटमा सकिन्छ । यसको परिणाम तत्कालै अनुभव गर्न सकिन्छ ।

‘मेडिपिल’

चायाँ–पोतो र पिम्पलका लागि यो उपचार विधि प्रयोग गरिन्छ । पिम्पलले छोडेका दागहरू हटाउन यसले सहयोग गर्छ । छालाको चमक बढाउन र ‘डार्क सर्कल’ हटाउन यो विधि प्रयोग गरिन्छ । यो उपचारका लागि ३० मिनेट चाहिन्छ । यो सेसनअनुसार गर्न सकिन्छ । यसले छालाको गुणस्तर बढ्छ ।
(डा. सगको कुराकानी)

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *