Home  
Janahit Voice

नेवारी समुदायले आज सिथि नखः पर्व मनाउदै

११ जेष्ठ २०८०, बिहीबार

नेवारी समुदायले आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाएका छन्। काठमाडौं उपत्यकाभरि सिथी नखः को दिन इनार, कुवा, धारा लगायत पानीका स्रोत सरसफाइ गरी विभिन्न परिकार बनाएर खाने चलन छ। विशेषगरी चामलको पिठो, मास, केराउ र मुगीको बाराको परिकार बनाएर खाने प्रचलन छ ।

सिथि नखः काठमाडौं उपत्यकामा नेवारी समुदायले मनाउने वार्षिक जात्रापर्वको अन्तिम दिन हो। जेठ शुक्ल षष्ठीमा मनाइने भएकाले यो पर्वलाई षष्ठी वा सिथि नखः भनिएको हो। सिथि नखःले मनसुन सुरू हुन लागेको संकेत गर्छ।

मनसुनअघि मुहान सफा गरेर पानीको आपूर्ति प्रणाली व्यवस्थित गर्नु यसको उद्धेश्य हो।वर्षा सुरू भइसकेपछि भूमिगत पानीको सतह बढ्ने भएकाले सरसफाइ गर्न गाह्रो हुने भएकाले मनसुन सुरू हुनु अगाडि सिथि नखः मनाइन्छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *