Home  
Janahit Voice

पश्चिम रूकुम जिप दुर्घटना ५ जनाको मृत्यु, १० जना घाइते

११ जेष्ठ २०८०, बिहीबार

पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका-८ मा बिहीबार बिहान भएको जिप दुर्घटनाभएको छ। दुर्घटनामा परी २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।

प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको र”कुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको बताइएको छ।  शव अहिले सल्ले अस्पतालमा राखिएको र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *