Home  
Janahit Voice

गर्भवती महिलाको मृत्यु भएसँगै दुई दिनदेखि सिन्धुलीवासी स्वास्थ्य सेवाबाट वञ्चित

११ जेष्ठ २०८०, बिहीबार

सिन्धुली- सुत्केरी गराउन ल्याइएको गर्भवती महिला गङ्गामाया श्रेष्ठ गुरुङको मृत्यु भएसँगै दुई दिनदेखि सिन्धुलीवासी स्वास्थ्य सेवाबाट वञ्चित छन्। जिल्लाको एक मात्र प्रमुख स्वास्थ्य संस्था सिन्धुली अस्पताल सिन्धुलीबाट सेवा लिन बिरामी वञ्चित भएका हुन्। कमलामाई नगरपालिका –५ सिलामेकी गङ्गामाया श्रेष्ठ गुरुङको मंगलबार मृत्यु भएसँगै आक्रोशित भीडले सिन्धुली अस्पताल तोडफोड गरेसँगै कार्यरत चिकित्सक काममा नफर्किएपछि यो समस्या आएको हो।

सो विषयलाई लिएर बुधबार अस्पतालमा कार्यरत १४ जना चिकित्सकले प्रशासनिक दबाब आएमा सामूहिक राजीनामा दिने घोषण गरेका छन्।उनिहरु बिहीबारसम्म काममा नफर्किको अस्पतालले जनाएको छ।

अस्पतालका व्यवस्थापकका अनुसार उक्त तोडफोडपछि असुरक्षाको महसुस गर्दै उपचारका लागि भर्ना भएका १६ जना बिरामी अहिले सम्पर्कविहीन छन्। ‘अहिले अस्पतालको आकस्मिक सेवासहित सबै सेवा ठप्प छ। अस्पतालको तोडफोडका कारण संरचना क्षतविक्षत भएका छन्,’ अब ती संरचना नबनाई डाक्टर काममा फर्किने अवस्था छैन।’

आक्रोशित भीडको तोडफोडबाट सिन्धुली अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष भौतिक संरचना क्षति हुँदा करिब डेढ करोडभन्दा बढी क्षति भएको अस्पतालले जनाएको छ। प्रमुख जिल्ला अधिकारीले सकेसम्म चाँडै अस्पतालको सेवा प्रवाह सुचारु गर्ने प्रयास भइरहेको बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *