Home  
Janahit Voice

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल समूह ‘ए’ को उपविजेता

११ जेष्ठ २०८०, बिहीबार

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेता काजकस्तान सँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। बुधबार भएको खेलमा काज  कस्तानले उब्जेकिस्तानलाई पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो। काजकस्तानले उज्बे किस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूहविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। भारतले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता उज्बेकिस्तानसँग खेल्नेछ।

बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ ले पराजित भयो। नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो। पहिलो सेट सस्तैमा गुमाए पनि नेपालले त्यसपछिको सेटमा भने पुनरागमनको प्रयास गरेको थियो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट नेपालले २४–२६ ले गुमाउन पुग्यो। निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक तेस्रो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा अन्तिम सेट नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो। चौथो सेटमा नेपाल एक समय १८–१५ को अग्रतामा थियो। तर त्यो अवस्थाबाट भारतले राम्रो प्रदर्शन गर्दै जित पक्का गर्न सफल भएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *