Home  
Janahit Voice

आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान सुरु हुने

१२ जेष्ठ २०८०, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ प्रतिवादीहरूको आजदेखि अदालतमा बयान सुरू हुँदैछ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरूको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ । शुक्रबार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ ।

शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेका छ्न। उनीहरूलाई अदालतमा बयान गराइने छ। १४ जना फरार छन्। फरार रहेका विरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *