Home  
Janahit Voice

गलत आरोप लगाइएको भन्दै एमालेले गर्‍यो संसद अवरोध

१२ जेष्ठ २०८०, शुक्रबार

प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका छन् ।

नेकपा माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *