Home  
Janahit Voice

आज छिटफुट वर्षाको सम्भावना

१२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम  पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ।

पश्चिमी र स्थानीय वायुकाे प्रभावले दिउँसो कोशी, बागमती र गणडकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ। काठमाण्डौँ उपत्यकामा पनि दिउँसो पानी पर्ने सम्भावना रहेको छ।

विहानको मौसम हिजोको तुलनामा सफा नै छ तर, दिउँसो बादल लागेर पानी पर्ने सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतिर सर्दै गरेकाले बागमती, गण्डकी र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना देखिएको छ। त्यस्तै कोशी र मधेश प्रदेशका तराईका भूभागहरूमा हावाहुरीको पनि सम्भावना छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *