Home  
Janahit Voice

सिराहाको लहानस्थित प्रादेशिक अस्पतालको गेटमा बेवारिसे शिशु फेला

१४ जेष्ठ २०८०, आईतवार

सिराहाको लहानस्थित प्रादेशिक अस्पतालको गेटमा फालिएको अवस्थामा नवजात शिशु भेटिएको छ । इलाका प्रहरी कार्यालय लहानका अनुसार शनिबार राति करिब साढे १२ बजेतिर फालिएको अवस्थामा करिब १६ दिनकी शिशु फेला परेको हो । सुरक्षा गार्डले बच्चा रोएको सुनेपछि तत्काल अस्पतालका चिकित्सक, नर्ससहित प्रहरीको टोलीले नवजात शिशुको उद्धार गरी अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को जिम्मामा राखिएको लहान प्रहरीका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

अस्पतालका सुरक्षा गार्डका अनुसार मध्यरातमा केटिएम मोटरसाइकलमा बच्चासहित मास्क लगाएका पुरुष र महिला आएका थिए। ‘उपचारका लागि आएका होलान् भनेर त्यति ध्यान दिइनँ,’ उनले भने, ‘पछि बच्चा रोएको सुनेपछि पुगेर हेर्दा मोटरसाइकलमा दुईजना नै गायब थिए, तिनले नै छाडेर गएको हुन सक्ने प्रहरीले बताएको छ।

प्रहरीकाअनुसार नवजात शिशु अस्पतालमा छाडेर गएका दुईजनाको खोजी भइरहेको र फेला परेपछि मात्र शिशु फालिनुको कारण बताउन सकिने बताए । शिशुलाई अभिभावक फेला नपरून्जेल ओेसिएमसीको जिम्मा रहने गरी उपचारसहित हेरचाह गर्ने गरी राखिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *