Home  
Janahit Voice

अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको घटनामा ६ महिना कैद

१४ जेष्ठ २०८०, आईतवार

सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ। सर्वोच्चले चालक अनुमतिपत्र नभए पनि दुईपांग्रे सवारी साधनबाट भएको दुर्घटनालाई फरक किसिमले व्याख्या गर्दै कैद मात्रै गर्ने फैसला गरेको हो।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले १० वर्षअघिको सवारी ज्यानसम्बन्धी घटनाको मुद्दामा फैसला गरेको हो। दुई पांग्रे र चार पांग्रे सवारी साधन चलाउनुलाई समान किसिमको जिम्मेवारी, उत्तरदायित्वभित्र राख्न नहुने अदालतले फैसलामा व्याख्या गरेको छ।

२०७९ फागुन १८ मा गरेको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालैसार्वजनिक गरेको हो। सवारी चालक अनुमति पत्र नभए पनि व्यक्तिगत दुई पांग्रे साधन सावधानीपूर्वक चलाएको बेला दुर्घटना भई ज्यान गएको घटनामा फरक व्याख्या गरेको हो।
सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *