Home  
Janahit Voice

दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई एमालेद्वारा सम्मान

१४ जेष्ठ २०८०, आईतवार

काठमाडौँ । नेकपा (एमाले)ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्प गुच्छासहित सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपालीहरू र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए । मान्छे साहस, सङ्कल्प गर्‍यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमानै पेश गर्नु भएकोले पार्टीले उनलाई सम्मान गरेको पनि स्पष्टपारे ।  ओलीले उनको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे ।

बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उच्च राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताए । ब्रिटिस गोर्खा सेनामा कार्य रहँदा रहँदा बुढामगरले दुवै खुट्टा गुमाएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *