Home  
Janahit Voice

दलहरूबाटै गणतन्त्रमा खतरा छ: कांग्रेस नेता शेखर कोइराला

१५ जेष्ठ २०८०, सोमबार

ललितपुर १ को पहिलो सम्मेलनमा आज बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक दलहरूबाटै गणतन्त्र खतरा रहेको बताएका छन्। ‘राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकोले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको भएको उनले बताएका छन।

राजाका गतिविधि हुनेबित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको छ।’

उनले पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह पनि गरेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *