Home  
Janahit Voice

विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा

१५ जेष्ठ २०८०, सोमबार

काठमाडौं,जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसीसी एक दिवसीय विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार राति १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीका अर्जुन साउद र किशोर महतोले पूनरागमन गर्नुभएको छ । अन्य खेलाडीमा नेपालले एसिसी प्रिमियर कप खेलेका १४ खेलाडीलाई नै निरन्तरता दिईएको छ । विश्वकप छनोट खेलमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले गत मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘ए’ मा रहेको नेपालले असार ३ गते उद्घाटन खेलमा जिम्बावेको सामना गर्नेछ । नेपालले दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा १० दिन प्रशिक्षण गर्नेछ ।

नेपाल जेठ १८ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ । नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल समेत खेल्नेछ । नेपाली टोली अफ्रिकाबाटै जिम्बावे प्रस्थान गर्ने क्यानले जानएको छ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

नेपाली टोली रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो रहेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *