Home  
Janahit Voice

धादिङमा घाँस काट्न जाँदा भीरबाट लडेर आमा-छोराको मृत्यु |

१६ जेष्ठ २०८०, मंगलवार

 

बेनिघाट रोराङ गाउँपालिका-२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको छ।

सोमबार अपराह्न साढे ५ बजे बेनिघाट रोराङ गाउँपालिका-२ कि १९ वर्षीया अप्सरा चेपाङ  आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।

त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।।

प्रहरीका अनुसार अप्सरा भने गम्भीर घाइते भएकी थिइन । उनको उपचारको लागि मलेखुको टिचिङ अस्पताल ल्याइएको थियो।
उनको पनि राति ९ बजेतिर अपतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *