Home  
Janahit Voice

पेस्तोल देखाएर महोत्तरी एनएमबि बैंकबाट दिनदहाडै रकम लुटपाट

१६ जेष्ठ २०८०, मंगलवार

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्। बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ।जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेका छन। ।

ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ। अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको पनि देखिन्छ।

केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ। प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन। तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।

बैंक लुटेर फरार हतियारधारी समूहलाई पक्राउ गर्न सबैतिर प्रहरी खटाईसकेको बताइएको छ।खोजविन तीव्र रुपमा भइरहेको र अपराधीलाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *