Home  
२४ कार्तिक २०७७, सोमबार
मेलानिया ट्रम्पले भनिन्, ‘सबै वैध भोटको गन्ती होस्’
राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले अमेरिकी चुनावबारे केही मिनेटको अन्तरमा ट्वीट गर्र्दै चुनावको नतिजा खारेज गरेका छन् । आइतबार ट्रम्प भर्जिनियाको गोल्फ क्लबमा थिए जहाँ उनले बाइडेनलाई बिजेता बताएकोमा मिडियामाथि निशाना साँधे ।
त्यसको केही मिनेट अघि मात्रै ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक ट्वीट गरेकी थिइन् जसमा उनले सबै भोटको गन्ती हुनुपर्ने माग राखेकी थिइन् ।
सीएनएनमा एक अपुष्ट रिपोर्ट प्रकाशित भएपछि मेलानिया ट्रम्पले ट्वीट गरिन्, ‘अमेरिकीलाई परदर्शी तरिकाले गरिएको चुनावको अधिकार छ । सबै वैध भोटको गन्ती होस् ।’