Home  
Janahit Voice

मंगलबार भएको खेलमा नेपालले घरेलु टिमलाई हरायो ७ विकेटले

१६ जेष्ठ २०८०, मंगलवार

मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम विजयी भएको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टिमलाई ७ विकेटले हराएको छ।

मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७.३ ओभरमा पार गर्‍यो। नेपालका लागि ओपनरद्वय कविता कुँवरले २६ रन र सीता राना मगरले २३ रन जोडे।

विन्दू रावल १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्रीले नटआउट २९ रन जोडिन्। रुबिनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।त्यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९७ रन जोड्यो। उसका लागि एनि दुराइसिंघम र वान जुलियाले २०-२० रन जोडे। मास एलियाले २८ रन जोडिन्।

बलिङमा नेपालकी रुबिनाले २ विकेट लिँदा कविता कुँवर र इन्दू बर्माले १-१ विकेट लिए। नेपालको जितसँगै पाँच खेलको सिरिजमा १-१ को बराबरी भएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा घरेलु टिमले नेपाललाई ५ विकेटले हराएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *