Home  
Janahit Voice

सामाजिक सञ्जालमा तस्वीर एडिट गरेर सुन लगाइदिएपछि उत्रिए ओली प्रतिवादमा

१७ जेष्ठ २०८०, बुधबार

काठमाडौं -ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउँदा पित्तल प्रयोग गरेर झण्डै ११ केजी सुन गायब बनाएको आरोप लगाएका थिए । उक्त आरोपपछि सामाजिक सञ्जालमा ओलीको तस्वीर सुनै सुनले पोतेर ट्रोल बनाइएको थियो । सामाजिक सञ्जालमा तस्वीर एडिट गरेर शरीरभर सुनै सुनै लगाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिवादमा उत्रिएका छन् ।

बुधबार पार्टी प्रवेश कार्यक्रममा ओलीले आफूलाई कहिल्यै सुनप्रति मोह नजागेको बताउँदै कुनियत र घटिया सोचका साथ आफूलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाएपछि प्रतिवादमा उत्रिएका हुन् ।

उनले आफू सानो छँदा आमाको औँठी चार दिन र साथीले दिएको औँठीएक दिन लगाएको भने स्मरण गरे । तर, अहिले आफूले बोक्नै नसक्नेगरी सामाजिक सञ्जालमा सुन लगाइदिएकोमा उनले गुनासो गरेका छ्न ।

ओलीले भने ,  ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट पनि यत्रो मेहनत गरेर । एउटा चिजलाई अर्को ठाउँमा लगेर । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *