Home  
Janahit Voice

उपेन्द्र यादव- प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस्

१७ जेष्ठ २०८०, बुधबार

सप्तरी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले  बुधबार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई विषेश धन्यवाद  दिएका छन्।

‘मुलुकबाट नागरिकतासम्बन्धी समस्या सदाका हल होस्, नागरिकता पाउनकै लागि नागरिकलाई लड्नुपर्ने विषय दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘यस्तो मुलुक संसारमा कतै छैन, अन्य मुलुकमा त अन्य देशका नागरिकलाई पनि बोलाइ–बोलाइ नागरिकता दिन्छन् तर यहाँ त नागरिकलाई आफ्नै देशमा गैरनागरिक भएर बस्नु परेको छ।’

उनले यहाँका नागरिकले नागरिकता र नागरिकता विधेयकमा पनि ठूलो नै सघर्ष गर्नु परेको बताए। ‘मधेशमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय सघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं,’ उनले भने, ‘तर पनि थुप्रै नागरिकका सन्तानहरु गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै सघर्ष गर्नुपर्‍यो। संसद्‌बाट दुई–दुई पटक पास भएको विधेयक राष्ट्रपतिकोमा गएर अड्किरह्यो।’

अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *