Home  
Janahit Voice

अत्यधिक गर्मीका कारण पुर्वीतराईका स्थानीय तहका विद्यालय बिदा

१८ जेष्ठ २०८०, बिहीबार

दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै शुनसरी, मोरङ ,झापा लगायतका  सामुदायिक तथा निजी विद्यालयहरू   महानगरले केहि दिन विदा दिने निर्णय गरेको हो ।

 

नगर शिक्षा समितिको निर्णयअनुसार शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयहरु विदा दिइएको हो। केहीदिन देखि पूर्वी तराईको मौसरम दैनिक सरदर ४० डिग्री तापक्रम कायम रहेको बताइएको छ।

 

अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न सबै विद्यालयलाई नगर समितिले आग्रह गरेको हो। केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *