Home  
Janahit Voice

आज विराटनगरमा कार्गो रेल आउँदै :प्रचण्ड र मोदीले गरे उद्घाटन

१८ जेष्ठ २०८०, बिहीबार

विराटनगर- बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् । प्रचण्ड र मोदीले उद्घाटन गरेपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र नेपाली पक्षले स्वागत गर्नेछ। २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट कार्गो रेल आउन लागेको हो ।

कार्गो रेल भारतको बथनाहाबाट विराटनगरतर्फ लागेको छ । कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिँगारिएको छ । रेल हेर्ने स्थानीयको भिड लागेको छ भने उद्योगी व्यवसायीले रेललाई स्वागत गर्दैछन् । फूल मालाले सिँगारेर रेललाई पनि चिटिक्क पारिएको छ ।

रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन अझै सकेको थिएन । बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *