Home  
Janahit Voice

नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध निकाल्यो मसाल जुलुस

१८ जेष्ठ २०८०, बिहीबार

नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणी करणविरूद्ध मसाल जुलुस निकालेर विरोध जनाएको छ। बुधबार साँझ नयाँ बानेश्वरमा उनीहरूले मसाल जुलुस निकालेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै सामाजिक सञ्जालमा बहस सृजना भएको छ। कतिपयले यो विधेयकको स्वागत गरेका छन् भने कतिपय विपक्षमा उत्रेका छन्।

 

अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेर मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *