Home  
Janahit Voice

विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिद्वारा प्रेमिकासहित दुईको हत्या

१८ जेष्ठ २०८०, बिहीबार

 

बुटवल – कपिलवस्तुमा एक युवकले दुई जनाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका- ६ बस्ने २२ वर्षीया अञ्जनी थारु र उनका काका ७० बर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने मोहन थारुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मोहन र अञ्जनीबीच प्रेम सम्बन्ध थियो । दुबैबीच केही समययता विवाद बढेपछि अञ्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन् । सोही विषयमा बदला लिन मोहन आज बिहान आफ्नो घरबाट मटेरिया पुगेको प्रहरीको भनाइ छ।

घटनाबारे थप सोधपुछ र अनुसन्धान भइरहेको प्रहरी ले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *