Home  
Janahit Voice

विश्वको सबैभन्दा धनी व्यक्ति फेरि बने एलन मस्क

१८ जेष्ठ २०८०, बिहीबार

संसारको सबैभन्दा धनी व्यक्ति फेरि एलन मस्क बनेका छन्। ब्लुमबर्ग बिलेनियरको रिपोर्टअनुसार बिहीबार फ्रान्सेली अर्बपति बनार्ड अर्नल्टलाई पछि पार्दै मस्क संसारको धनाड्य सूचीको पहिलो स्थानमा परेका हुन्। मस्क टेस्ला, स्पेसएक्स र ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। बनार्ड अर्नल्ट विश्व प्रख्यात लक्जरी फेसन ब्रान्ड लुई भिटोका सिइओ हुन‍्।

 

पेरिस ट्रेडिङमा अर्नल्टको लुई भिटोको सेयर २.६ प्रतिशतले घटेसँगै उनको सम्पति पनि घटेको हो। यो समाचार तयार पार्दासम्म अर्नल्टको कुल सम्पति १८७ अर्ब डलर रहेको छ भने मस्कको कुल सम्पति १९२ अर्ब डलर रहेको छ। यस वर्ष मस्कको सम्पति बढ्नमा टेस्लाको व्यापार राम्रो रहेको मानिन्छ।

 

संसारको सबैभन्दा धनी व्यक्तिको सूचीको तेस्रो स्थानमा भने लगानीकर्ता एवम् अमेजनका पूर्व सिइओ जेफ बेजोस छन्। उनको कुल सम्पति १४४ अर्ब डलर रहेको छ। उनी पछि माइक्रोसफ्ट कम्पनीका बिल गेट्स छन्। गेट्सको सम्पति कुल १२५ अर्ब डलर छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *