Home  
Janahit Voice

काठमाडौँ महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

१८ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ।

काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन।

बालेनका अनुसार उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त वृद्ध भत्ता परिचयपत्र वा कर्मचारी परिचयपत्र वा वडा कार्यालयको सिफारिसपत्र अनिवार्य गरिएको छ।

निःशुल्क चिकित्सालयमा पाइने सेवाहरु,
२४ सै घण्टा आकस्मिक सेवा ,ल्याप्रोस्कोपीक शल्यक्रिया, सर्जरी
फिजिसियन / इन्टरनल मेडिसिन ,नाक, कान, घाँटी रोग ,स्त्री रोग ,पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी), चर्म तथा यौन रोग, बाल रोग, अल्ट्रासाउण्ड ,टि.एम.टी/हल्टर, अडियोग्राम , टिम्पानो मिटर
इको, मनोचिकित्सा , २४ सै घण्टा प्याथोलोजी,डिजिटल एक्सरे, पिसाब नलीको पत्थर चिरफार नगरीकन शल्यक्रिया, आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया,हाड, जोर्नी र नशा रोग,जनरल हेल्थ चेकअप
ईण्डोस्कोपी र कोलोन्स्कोपी ,दन्त रोग, मुटु रोग , ड्रेसिङ्ग, ई. सी. जी., स्त्री रोग शल्यक्रिया ,हार्डजोर्नी शल्यक्रिया आदि रहेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *