Home  
Janahit Voice

नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु

१९ जेष्ठ २०८०, शुक्रबार

‘पश्चिमी र स्थानीय वायु कमजाेर भएकोले तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले गर्मी बढ्ने क्रम अझै केही दिन जारी रहनेकुरा मौसमविद् हरुले जनाएका छन।

नेपालमा तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ, त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ। लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ। हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ। प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन्।

मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो। गर्मी बढेका अधिकांश स्थानमा विद्यालयहरू बन्द गरिएका छन्।

काठमाडौंको पनि निकै गर्मी महसुस भएको छ। बुधबार काठमाडौंको तापक्रम ३०.७ डिग्री पुगेको थियो। यहाँ ३१.३ डिग्री नाघेपछि धेरै गर्मी मानिन्छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *