Home  
Janahit Voice

बहुचर्चित गौर हत्याकाण्डको १६ वर्ष पछि सर्वोच्च अदालतमा सुनवाइ हुँदै

२२ जेष्ठ २०८०, सोमबार

काठमाडौँ – गौर नरसंहारको १६ वर्ष पछि आज सर्वोच्च अदालतमा सुनवाइ सुरु हुदैँछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

७ चैत २०६३ मा मा रौटहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा झडप भएको थियो ।

सो घटनामा स‌ंलग्न भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि माथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफन्तहरु सर्वोच्च अदालत पुगेका हुन् ।

लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको यो घटनाको अनुसन्धान अघि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले पनि गत पुसमा सिफारिस गरेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *